ग्लोबल टिभि
0
काठमाडौं ,मङ्सिर ८गते।
नेकपा एमालेले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एक सय बढीलाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको छ।
मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकले प्रसाईंसहित एक सय बढीलाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको हो।
प्रसाईं पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डनिकट थिए। नेकपा विभाजनसँगै प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएका थिए। उनी झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक हुन्।
Post Views: 1,026
Leave a Reply