ग्लोबल टिभि
0
काठमाडौं,मङ्सिर ८गते । चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनशा बान्तवा राई सक्रिय रुपमा राजनीतिमा लाग्ने तयारीमा छन् । केही दिनदेखि इलाममा दौडधूप गरिरहेकी रेनशाले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी छन् ।
रेनशाले सामाजिक सेवाका लागि आफू राजनीतिमा आउन लागेको बताइन् । ‘म समाजसेवाका लागि राजनीति गर्न चाहन्छु । फेरि, राजनीतिको अवस्था फेर्नका लागि युवापुस्ता यहाँ नआई पनि हुँदैन । यसैले म राजनीतिमा सक्रिय हुन लागेकी हुँ,’ उनले भनिन्
Post Views: 1,029
Leave a Reply