डा भट्टराईलाई भेट्न पुगे चिनियाँ उपमन्त्री

 ग्लोबल टिभि      मङ्लबार, पुस १४, २०७७      0

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसँग चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री गुओको टोलीले भेट गरेको छ ।

उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताए ।

यो सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल(चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उनले उल्लेख गरेका छन् ।

हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको पनि उनले स्पष्ट पारे ।

भेटमा उनले अध्यक्ष भट्टराईसँग नेपाल(चीनको आर्थिक विषयबस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभुति भएको पनि बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *