विरोधपछि रोकियो ओलीले दिने भनेको रात्रिभोज

 ग्लोबल टिभि      बिहिबार, मंसिर ९, २०७८      0

काठमाडौं ,मङ्सिर ९गते।
चितवनमा दसौं महाधिवेशन क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्ने भनिएको रात्रिभोज स्थगित भएको छ।

ओलीले मंसिर ११ गते सौराहामा महाधिवेशन प्रतिनिधिका लागि रात्रिभोज आयोजना गर्ने भनेका थिए। तर मंगलबारको स्थायी कमिटीमा उपाध्यक्ष भीम रावलले विरोध गरेपछि रात्रिभोज स्थगित भएको एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।
ती सदस्यका अनुसार रावलले महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्ने गरी रात्रिभोज दिन नहुने तर्क गरेका थिए।

एमालेको दसौं महाधिवेशनका लागि रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ओलीले उम्मेदवारीको औपचारिक घोषणा भने गरेका छैनन्।
समकालीन नेताहरू बाहिरिएपछि ओली पार्टीमा निर्विकल्प बनेका छन्। तर वर्तमान उपाध्यक्ष रावलको उम्मेदवारी कायमै रह्यो भने उनी सर्वसम्मत हुन पाउने छैनन्।

एमालेको महाधिवेशन कार्यतालिकाअनुसार मंसिर ११ गते उम्मेदवारी मनोनयन हुनेछ। ओलीले आफू निर्विरोध चुनिने आकलन गरेर रात्रिभोज आयोजना गर्ने तयारी गरेको बताइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *