राष्ट्रिय राजनीतिको प्रमुख बहसको केन्द्र बिन्दु चितवनमा , के एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई तर्साउन चाहेको हो?

के एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई तर्साउन चाहेको हो?

 ग्लोबल टिभि      बिहिबार, मंसिर ९, २०७८      0

रोशन वली

मङ्सिर ९गते ।

चितवन भौगोलिक हिसाबले पनि करिब नेपालको मध्य भु -भाग हो । राजनैतिक दृष्टिकोणले त राष्ट्रिय राजनीति नै चितवनमा केन्द्रित छ भन्दा फरक नपर्ला । विगत लामो इतिहासदेखि चितवनको सेरोफेरोमा देशको राजनीति जोडिएको छ। वर्तमान समयलाई हेर्ने हो भने आगामी निर्वाचन समेत चितवनसित गाँसिएको छ । यतिसम्म आकलन गर्न सकिन्छ कि चितवनका शिक्षित जनतालाई आफ्नो पार्टी प्रवेश गराउन खोज्ने र ठूलो दल बन्ने सपनामा नेकपा एमालेदेखि माओवादी र समाजवादी पार्टी पनि लागेको देखिन्छ भने पहिलो चुनावमा गठबन्धन गरेर माओवादीलाई भोट हालेका काङ्ग्रेसका कार्यकर्ता समेत अब देउवाको उर्दी र गठबन्धन भने नेपाली काङ्ग्रेस चितवनका कार्यकर्ताले नमान्ने र विरोध गर्ने समेत अभिव्यक्ति दिई सकेका छन् ।
यो हिसाबले वर्तमान गठबन्धनको सरकारको चुनावी तालेमेल पनि चितवनमा नहुने लगभग पक्का जस्तै भएको छ । पछिल्लो समयमा भैरहेको राजनैतिक गतिविधिले नि स्पष्ट देखाउँछ । उता नेकपा एमाले ओली पक्षलाई पनि केही सकस त होला नै किनकि एउटै पार्टी मा रहेका माधव नेपाल पनि ओलीको विरुद्ध लड्ने छन् भने माओवादी प्रचण्ड विरुद्ध पनि एउटै पार्टीबाट एमाले प्रवेश गरेका राम बहादुर थापा (बादल )उनी विरुद्ध उभिने उद्घोष गरका छन् ।
रह्यो कुरा ,आगामी चुनावमा बाजी कसले मार्ला ?भन्ने हो । विगतका चुनावी परिणामलाई केलाउने हो भने र यसबाट आगामी राजनैतिक माहोल पनि यही आधारमा केन्द्रित हुने देखिन्छ ।

२०७४ सालको संसदीय निर्वाचनमा सबभन्दा ठूलो राजनीतिक दल बनेको नेकपा एमालेले चितवनमा सबै पार्टीलाई उछिनेर सबै पार्टी भन्दा समानुपातिक मत पनि बढी प्राप्त गरेको थियो।
२०७४ को चुनावमा काङ्ग्रेसले८१,१०४ र माओवादी केन्द्रले ४२,८५१ समानुपातिक मत प्राप्त गर्दा नेकपा एमालेले९३,५२४ मत प्राप्त गरेको देखिन्छ भने प्रत्यक्ष तर्फको प्रमुख ,उपप्रमुख,वडा अध्यक्ष क्रमश ४,५,५७स्थानमा आफ्नो जित सुनिश्चित गरेको थियो। यसो हुँदा नेपाली काङ्ग्रेस दोस्रो स्थानमा क्रमश १,२र वडा ३५ स्थान र माओवादीले २,०र वडामा ६स्थान विजय प्राप्त गर्नुले नि सहजै अनुमान के गर्न सकिन्छ भने नेकपा एमालेको ओली पक्ष कार्यकर्ता निकै बलियो देखिन्छ ।उता महानगर प्रमुख विजय हाँसिल गरेका माओवादी केन्द्रलाई पनि आउँदो चुनावमा निकै सकस हुने आकलन विभिन्न राजनैतिक विश्लेषकहरुले विश्लेषण गर्न थालेका छन् ।
यतिले मात्र आगामी राजनैतिक यात्रा यसैको होला भनेर विश्लेषण गर्न अलि गाह्रो छ । उसो त अहिलेको वर्तमान परिस्थिति र आउँदो समीकरण कस्तो हुन्छ ? र एमालेको पछिल्लो चितवनमा हुने महाधिवेशनले कति फरक पार्छ ?

पछिल्लो समय नेकपा एमालेको मंसिर दोस्रो साताबाट चल्ने भनिएको महाधिवेशनले त कम्युनिस्टहरु चितवन केन्द्रित हुँदै छन् किनकि नेकपा एमालेको राष्ट्रिय महाधिवेशन मंसिर दोस्रो साता चितवनमा हुने भएपछि महाधिवेशन तयारीका लागि उक्त पार्टीका नेताहरू चितवन आइरहेका छन्।
अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, पार्टीका शीर्ष नेता रामबहादुर  थापा ‘बादल’, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे लगायत नेता चितवन आउने-जाने क्रम केही दिनयता बाक्लिएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला भएकाले उक्त पार्टीको ध्यान त यहाँ छँदैछ। नेकपा एमालेको महाधिवेशन चितवनमा हुने घोषणा भएपछि प्रचण्ड तारन्तार चितवन आएका छन् ।
आगामी निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने उद्घोष गरिसकेका प्रचण्डलाई पार्टी जोगाउन आफूले जित्नैपर्ने दबाब छ।
त्यसअघि गृहजिल्लामा हुँदै गरेको एमाले महाधिवेशन र तालमेलको आस राखेको पार्टीकै कार्यकर्ताका अभिव्यक्तिले ठूल‍ो चुनौती दिएको छ। त्यसमाथि आफ्नै पार्टीबाट छुट्टिएर एमालेमा गएका रामबहादुर थापा ‘बादल’ ले पनि प्रचण्डलाई  चुनौती दिँदै आएका छन्।
भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले चितवनको आगामी निर्वाचन ‘प्रचण्ड भर्सेस बादल’ हुने सम्भावना रहेको बताएका थिए। त्यसो हुँदा माओवादीको भोट बाँडिनसक्छ। बादल त प्रचण्डप्रति यति आक्रामक छन्, चितवनमा एक कार्यक्रमलाई सम्बोधन गर्दा उनले केही वर्षअघि आफू पनि माओवादी पार्टीमा थिएँ भन्ने पनि सम्झिएनन् ।
चितवन केन्द्रित भएका कम्युनिस्ट पार्टीको उद्देश्य अर्को पार्टीका कार्यकर्तालाई आफूतिर तान्ने ध्याउन्नमा छन्। नेकपा चौमको केन्द्रिय राजनीतिको अनुभवसमेत लिएका प्रगतिशील लेखक डिआर पोखरेल प्रचण्डले चुनाव लड्ने जिल्लामा केन्द्रीय महाधिवेशन गरेर नेकपा एमालेले चुनौती दिन खोजेको बताउँछन्।
‘चितवनका कम्युनिस्ट कार्यकर्तालाई आफूतिर तान्न एमालेले बुटवलमा नगरी चितवनमा महाधिवेशन गरेको हुनसक्छ,’ पोखरेल भन्छन्, ‘यसभित्र कतै न कतै प्रचण्डलाई तर्साउन खोजिएको पनि देखिन्छ।’
तुलनात्मकरूपमा शिक्षित वर्गको बसोबास बढी रहेको, देशको मध्यभागमा पर्ने भएकाले सबै कार्यकर्तालाई पायक पर्ने र बढी भएको ठाउँ भएकाले राजनीतिक दलहरूले चितवनलाई आफ्नो बनाउन चाहने गरेको देखिन्छ । चितवन कसको बन्ने र राष्ट्रिय राजनीति कसले जित्ने भन्ने एउटा महत्वपूर्ण आधार चितवन पनि हो ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *