पुस १७ मा राप्रपाको प्रदर्शन

 ग्लोवल टि.भी.      मङ्लबार, पुस १४, २०७७      0

राप्रपाले पुस १७ गते जनप्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीका नेता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको अर्को विकल्प नभएकोमा पार्टी पुगेको छ।

उनले हिन्दुराष्ट्र र राजसंस्थासहित लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग राप्रपाले राख्दै आएको पनि बताए। हालै बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीले लिएका एजेन्डा लिएर आन्दोलन तथा प्रदर्शनमा जाने निर्णय गरेको उनको भनाइ छ।

उनले हिन्दु राष्ट्र र राजासहित प्रजातन्त्र पुनर्स्थापना गर्न पुस १७ मा काठमाडौंमा प्रदर्शन गर्न लागेको बताए। आन्दोलन परिचालनको लागि वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन जनपरिचालन समिति समेत गठन भएको उनले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *