राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दैछन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत नेता लिङ्देनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
पार्टीको महाधिवेशन नजिकिँदै गर्दा राप्रपामा नेतृत्व चयनको लागि आपसमा रस्साकस्सी जारी छ ।
चार दिनअघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले लिङ्देनलाई समर्थन गरेपछि उनले बिहीबार काठमाडौँबाट अध्यक्षको उम्मेदवारी घोषणा गर्ने भएका हुन् ।
लिङ्देनले देशसञ्चारसँग भने, ‘पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ।’ उनलाई समर्थन गरेका राणाले महामन्त्री पदमा उम्मेदवारी दिने सम्भावना बलियो रहेको लिङ्देनले बताए ।
मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि उपस्थित हुनेछन् । नेता लिङ्देनले आगामी महाधिवेशनबाट पार्टी नयाँ नेतृत्वमा जानुपर्ने बताउँदैआएका छन्।
Leave a Reply