अध्यक्षमा जित्नकै लागि उम्मेदवारी दिएको हुँ, जित्छु’- राजेन्द्र लिङदेन

 ग्लोबल टिभि           0

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाण्डौंमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरेर लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा नेपालगञ्जका मेयरसमेत रहेका राप्रपाका नेता धवलशमशेर जबराले सार्वजनिक गरेका हुन् ।

अब महाधिवेशनमा लिङ्देनले अध्यक्षका लागि वर्तमान कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् ।
उम्मेदवारी घोषणाका लागि पत्रकार सम्मेलनमा उपस्थित भएका नेता लिङ्देनले आफू जित्नकै लागि अध्यक्षको उम्मेदवार बनेको बताए ।

राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारीले एमाले, काँग्रेस र माओवादीका युवा पुस्ता भन्नेहरूलाई पनि चुनौती दिएको लिङ्देनले बताए ।

‘मलाई लाग्छ, यो हाम्रो अभियानले नेपालको राजनीतिलाई नै एउटा दिशा दिन्छ । सबै राजनीतिक पार्टीहरुले पुस्तान्तरणको कुरा चाहिँ गर्ने, नेतृत्व असफल भयो चाहिँ भन्ने तर त्यहाँ रहेका नयाँ पुस्ता, युवा हुँ भन्नेहरुले कसैले आँट नगर्ने र नेताहरुको चाकडीमै चित्त बुझाउने गरिरहेका छन्,’ लिङ्देनले भने, ‘ नयाँ पुस्ता भनिएकाहरुबाट पुरानो फेलियर नेतृत्वलाई नै निरन्तरता दिने जुन काम भइरहेको छ, त्यसलाई भत्काउने एउटा सिलसिलाको प्रारम्भ आफ्नो उम्मेद्वारीले गरेको उनले वताए ।

तीनजना अध्यक्ष रहेको राप्रपामा अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले कमल थापालाई साथ दिन्छन् या लिङदेनलाई भन्ने खुलिसकेको छैन । तर, अधिकांश युवा कार्यकर्ताको साथ झापाका सांसदसमेत रहेका लिङदेनलाई रहने दाबी युवा नेताहरुले गर्ने गरेका छन् । राप्रपाको महाधिवेशन मंसिर १५,१६ र १७ गते काठमाडौंमा हुँदैछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *