विमलेन्द्र निधिले घोषणा गरे कांग्रेस सभापतिमा उम्मेद्वारी

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर ९, २०७८      0

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले सञ्चारमाध्यमहरुसँग आफ्नो उम्मेदवारीबारे यसअघि नै बोलिसकेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा निधिले प्रतिबद्धता र योजना पनि सार्वजनिक गरेका छन् । पार्टीभित्र विकसित गुट उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरुलाई ऐक्यबद्ध रुपमा पार्टीको लक्ष्यउन्मुख गराउनेु, उनले भने ।
निधि लामो समयसम्म वर्तमान सभापति शेरबहादुर देउवाको टिममा थिए । तर, १३ औं महाधिवेशनमा देउवालाई आफूले सघाउने र १४ औंमा देउवाले आफूलाई सघाउने भनिएको भए पनि देउवाले आफैं उम्मेदवार हुन अघि सरेपछि निधि पनि अघि बढेका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *