चुनाव चिन्हले पहिलो वन्ने केपिको सपना सपनामै सिमित हुन्छ- नेता चौधरी

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर ९, २०७८      0

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले चुनाव चिन्हले पहिलो पाटी वन्ने केपीको सपना सपनामै सिमित हुने बताएका छन ।

विहिवार वर्दिया जिल्ला पाटीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता मेटमणि चौधरीले सूर्य चिन्हले निर्वाचनमा पहिलो पाटी वन्ने केपि वलीको सपना सपना मात्रै हुने दावी गरेका हुन ।

चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलो पाटी हुनुपर्ने हो उनले भने किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पाटीहरु पहिलो भए,के निर्वाचनमा चिन्हको कारण होत । हिजोको एमाले अहिले एमाले नभएर केपी वलीको कम्पनी जस्तो भएकाले महाधिवेशनमा आफ्नो गुनगान गाउने र केपी वा आई लभ यु भन्नेहरु मात्रै निर्वाचित हुने वताए ।

केपीका पछाडि लागेका १० भाईहरुले उम्मेदवारी घोषणा गरेपनि मनोनयन दर्ता गर्न नपाउने अवस्था समेत सिर्जना हुने देखिएको उनको भनाइ रहेको छ । एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता चौधरीले हिजो नेकपा एमाले तथा केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृती हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे।

प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले भुमिको समस्या समाधानका लागि सरकार गम्भीर भएर लागेको वताए । करिव १३ हजार घर परिवारहरु अहिले अव्यवस्थित वसोवासमा रहेका छन उनले भने यी परिवारलाई व्यवस्थित वसोवास गराउने काममा सरकार जुटेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *