एमाले महाधिवेशन : ८ देशबाट १५ जना प्रतिनिधि आउने, २५  देशबाट शुभकामना सन्देश

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर ९, २०७८      0

नेकपा एमालेको १० औं महाधिवेशनमा आतिथ्य ग्रहण गर्न ८ देशबाट १५ जना प्रतिनिधि आउने भएका छन् । भने हालसम्म २५ वटा देशबाट शुभकामना सन्देश आइसकेको छ ।
भारतबाट मात्र विभिन्न पाँच दलका नेता आउने भएका छन् । भारतबाट पूर्वस्वास्थ्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनको नेतृत्वमा एउटा टोली आइसकेको छ। त्यस्तै भारतबाटै अन्य ४ राजनीतिक दलका प्रतिनिधि पनि आउने भएका एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले बताएका छन् ।
तर उत्तरी छिमेकी चीनबाट भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो सन्देश मात्रै पठाउने भएका छन् । कोरोना महामारीलाई कारण देखाउँदै सीपीसीका कुनै पनि नेता नेपाल नआउने भएका हुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि करिब एक वर्षदेखि कुनै पनि देशको भ्रमणमा निस्किएका छैनन् । चीनबाट सन् १९९३ देखि अहिलेसम्म भएका सबै महाधिवेशनमा अतिथि आउने गरेका थिए । भट्टराईका अनुसार महाधिवेशनमा सहभागी हुन आठ देशबाट १५ जना प्रतिनिधि आउने पक्का भएको छ ।

हालसम्म २५ वटा देशबाट शुभकामना सन्देश आइसकेको छ । एमालेले चीन, म्यानमारदेखि उत्तर कोरियाका कम्युनिष्ट पार्टीलाई समेत निमन्त्रण गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *