बिहीबार साँझदेखि शुक्रबारसम्म नारायणगढ खण्डमा मालवाहक सवारी सञ्चालनमा रोक

 ग्लोबल टिभि      बिहिबार, मंसिर ९, २०७८      0

नेकपा एमालेको १० औं महाधिवेशनमा जाने सवारी साधनलाई मध्यनजर गर्दे बिहीबार साँझदेखि शुक्रबारसम्म बुटवल नारायणगढ सडक खण्डमा मालोाहक सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ ।

पूर्वी र पश्चिम नवलपरासीको सुरक्षा समितिको बैठकले बिहीबार साँझदेखि मालवाहक सवारी साधनलाई यस खण्डमा रोक लगाएको हो । पश्चिमबाट आउने सवारी साधनलाई वैकल्पिक मार्ग खोज्न आग्रह गर्ने र बुटवलदेखि नारायणगढ सडक खण्डको मुख्य मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक लगाएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा दिनहुँ जस्तो हुने सवारी जाम र सडकको अवस्था जीर्ण भएकाले यस्तो व्यवस्था गरिएको हो । तर अत्यावश्यक क्षेत्रका सवारी साधन सञ्चालनमा भने रोक लगाइएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *