नेतृत्वमा सर्वसम्मत गराउन ओलीलाई दबाब

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १०, २०७८      0

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा नेताहरुले सर्वसम्मतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

महाधिवेशनको लागि बिहिवार सौराहा पुगेका ओलीलाई उहाँ बसेको होटलमै पुगेर नेताहरुले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सहमतिबाटै छान्नुपर्ने भन्दै दबाब दिएका हुन् ।

आफूलाई भेट्न पुगेका नेताहरुलाई ओलीले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने भनेपनि अध्यक्षमा भीम रावलले समेत दाबी गरेको र अरु पदमा पनि आकाङ्क्षी नेताहरु धेरै भएकाले सर्वसम्मति गराउन चुनौती देखिएको छ ।

महाधिवेशनमा भूगोल र विभिन्न क्लस्टरबाट आएका प्रतिनिधिहरूले केन्द्रीय सदस्यको आकाङ्क्षा राखेका छन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *