महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेका छौँ -कमल थापा

 ग्लोबल टिभि           0

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताएका छन् ।

एमालेको दशौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै अध्यक्ष थापाले अध्यक्ष ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताए । नाकाबन्दीलाई स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको मार्गदर्शनमा रहेर नाकाबन्दीविरुद्ध लडेको बताए ।

ओली नेतृत्वको पछिल्लो सरकारले जनभावनाअनुसार काम गर्न नसकेको राप्रपा अध्यक्ष थापाको टिप्पणी थियो । अध्यक्ष ओली नेतृत्वको सरकारले विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र लिम्पियाधुरासमेत समेटेर नेपालले चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गर्न सफल भएको बताए ।

देश सर्वसत्तावादतर्फ उन्मुख रहेको भन्दै थापाले नेपालीको धार्मिक पहिचान समाप्त पार्ने प्रयास भइरहेको, इतिहासमै भष्ट्राचार बढेको, युवाहरू खाडीमा पसिना बगाउन बाध्य भएको, बाह्य शक्तिको चलखेल र प्रभाव बढेको बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *