देशमा भइरहेको अराजकताको जिम्मा राजनीतिक पार्टीले लिनुपर्छ- चित्रबहादुर केसी

 ग्लोबल टिभि           0

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा भएको विसङ्गतिको जिम्मा राजनीतिक पार्टीहरूले लिनुपर्ने बताए ।

बिहीबार चितवनको भरतपुरमा एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश दिँदै अध्यक्ष केसीले त्यस्तो वताएका हुन् ।

उनले भने–‘हामीले नेपालमा गणतन्त्र ल्यायौँ, धर्मनिरपेक्षता स्थापना ग¥यौँ, हामी पटक पटक चुनावमा पनि गयौँ । अहिले मुलुक जसरी अगाडि बढ्नुपर्ने थियो त्यसरी गइरहेको छैन ।

संसद् अस्तव्यस्त छ । कार्यपालिका भित्र पनि राम्रो वातावरण छैन । न्यायपालिका भित्र पनि राम्रो स्थिति छैन निराशा छ ।

उही मैले भनेजस्तै वारीकाले पारीकालाई कालीपारी र पारीकाले वारीकालाई कालीपारी भनेजस्तै राजनीतिक पार्टीहरू एउटाले अर्कोलाई दोष लगाइरहेका छौँ । यो हाम्रो कारणले भएको हो भनेर हामी राजनीतिक पार्टीहरूले जिम्मा लिन सक्नुपर्छ ।’

अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र भएको अस्तव्यस्तताको जिम्मा लिन आग्रह गर्दै देशमा भइरहेको अराजकता जनतामा रहेको नैरश्यताको कारण राजनीतिक दल भएको बताए ।

उनले भने–‘हामी राजनीतिक गर्ने व्यक्तिहरू नसुध्रीकन देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अगाडि राखेर राज्य र जनताको स्वार्थलाई अगाडि राखेर हामीले राजनीति गरेनौँ, राजनीतिलाई विशुद्ध पेसाको रूपमा अपनायौँ भने नेपाली जनताले यस्तो अप्ठेरो अवस्था देखिरहन्छन् ।

हामीले बाह्य शक्तिलाई दोष लगाउँछौँ । बाह्य शक्ति त खेल्छ त हामीले लडाई गर्नुपर्ने, हामीले एकले अर्कोलाई खुइलाउनुपर्ने, बदनाम गर्नुपर्ने, बाहिरकाले त्यही खोजिरहेका छन् ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *