नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गर्र्दै आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पूरा गर्ने बताएका छन् ।
एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई विगतमा खुट्टा तान्ने र अप्ठ्यारो पार्नेहरूले नै अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताए ।
उनले हसियाँ–हथौडा बोकेर वामपन्थी सरकार ढालेर दक्षिण पन्थी सरकार बनाएको भन्दै उनीहरुलाई हँसिया हथौडा फ्याँक्न सुझाव दिए ।
उनले आउँदो चुनावपछि एमालेको सरकार बन्ने र एमालेको सरकारले विकासका कामलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने बाँकी कामलाई पूरा गर्ने दाबी गरे ।
उनले एमालेले चुनाव चिह्न बनाएको सूर्यको व्याख्या गायन्त्री मन्त्रमा भएको भन्दै गायत्री मन्त्रमा सूर्यको चर्चा गरिएझैं देश विकासका लागि एमालेको चर्चा हुने गरेको बताए । ,
‘नेपालबाट गरिबी हटाउन नेकपा एमालेको झण्डा बोकेका छौं । देश, जनता, लोकतन्त्र, विकास, सामाजिक न्याय र समानताका लागि सूर्य चिन्ह समर्पित छ ।’
उनले अब अन्तरिक्ष र स्याटेलाइटबाट पनि काम गर्ने दावी गरेका छन् । आफू सरकारमा भएको बेला पहिलोपटक अन्तरिक्षमा नेपालले आफ्नो स्याटेलाइट पठाएको दावी गरे ।
उनले भूपरिवेष्ठित मुलुकको रुपमा रहेको नेपाललाई भूजडित नेपालको अवस्थामा पु¥याएको बताए ।
‘हामीले नेपाल विकास गर्ने मात्र भनेका छैनौँ नेपालको अवधारणा नै परिवर्तन गरेका छौँ । हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो ।
अन्तरिक्ष पनि हाम्रो हो । समुन्द्रमा हामी पुग्न सकेका छैनौं तर म साथीहरुलाई स्मरण गराउन चाहन्छु, हामीले धर्तीको अर्व छेडेर सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ । त्यसमा सफलता पाएका छौं ।
अब ठूलो उपयुक्त साइजको भूउपग्रह अन्तरिक्षमा पठाउनेछौँ । अन्तरिक्ष पनि हाम्रो हो ।’
Leave a Reply