विधान संशोधनको प्रस्ताव आउनसक्छ:नेकपा एमाले

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १०, २०७८      0

 

चितवन,मङ्सिर १०गते । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक आज साँझ बस्दैछ । नारायणी नदी किनारमा भएको उद्घाटन समारोहपछि साँझ ८ बजे सौराहमा बैठक बोलाइएको छ ।

केन्द्रीय कमिटीको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरुले बताएका छन् ।
नेताहरुले केन्द्रीय कमिटीको आकार बढाएर भएपनि सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने लबिइङ एमालेमा तीव्र छ । महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सहमतिबाटै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
गते असोज १५–१७ मा भएको विधान महाधिवेशनबाट संशोधित एमालेको विधानअनुसार केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ छ । स्रोतका अनुसार केन्द्रीय कमिटीको आकार बढाउन अध्यक्ष ओली सकारात्मक देखिएका छन् ।

तर पदाधिकारी बढाउन भने ओली तयार देखिएका छैनन् । हालको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ पदाधिकारी रहने छन् । नेताहरुले भने यसलाई २१ वा २३ सम्म पुर्‍याएर भएपनि सहमतिका साथ नेतृत्व चयन गर्नुपर्ने बताइरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *