नेकपा एमाले महाधिवेशन उद्घाटनमा कम्युनिस्ट एकतादेखि ओलीको प्रशंसा ,वाम नेताहरूके पार्टी एकतामा जोड

 ग्लोबल टिभि           0

काठमाडौं,मङ्सिर १०गते ।प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले आपसी सद्भाव, छलफल र संवादमार्फत हरेक समस्याको समाधान गर्न सकिनेमा जोड दिएका छन्। चितवनमा शुक्रबार सुरु भएको एमालेको दसौं महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनीहरुले हरेक समस्या संवादबाट समाधान गर्न सकिने बताएका हुन्। यस्तै केही नेताहरुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मुक्तकण्ठले प्रशंसा गरेका छन् भने वामपन्थी दलका नेताहरुले कम्युनिस्ट पार्टीबीच एकतामा जोड दिएका छन्।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भने दलहरुबीच सद्भाव, छलफल र संवादमार्फत हरेक समस्याको समाधान निकाल्ने बताए। उनले विधिअनुसार थिति बसाल्ने काममा सघाउन एमालेलाई आग्रह गरे। उनले भने, ‘भोलिका दिनमा कुनै नेपालीलाई पनि दुःख नपरोस्, यस्तो किसिमको परिस्थिति नआओस् भनेर सचेत हुनुपर्छ। मेरो नेतृत्वको सरकारले यिनै मूल्य र मान्यतालाई संस्थागत गर्न कटिबद्ध छ। एमालेले सरकारका विविध विधानअनुसार स्थिति बसाल्ने काममा साथ दिनुपर्छ।’
देउवाले सबैको सहयोगबाट संसद्भित्र प्रतिनिधित्व गर्ने र संसद्बाहिरका राजनीतिक दलहरुसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका आधारमा देशलाई अघि बढाउने कुरामा प्रतिबद्ध रहेको बताए।
नेकपा ९माओवादी केन्द्र० का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिस्ट पार्टीको एकता अनिवार्य रहेको बताए। उहाँले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राखे। उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई सफलताको शिखरमा पु¥याउन एकता र ध्रवीकरण अपरिहार्य छ।’ एकता, सङ्घर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो भन्दै नेता पोखरेलले कम्युनिस्ट पार्टीको बीचमा मतभेद र तीक्तता भए पनि सहकार्य आवश्यक रहेकोमा जोड दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताए। उनले मधेसमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु नै ओली नेतृत्वको सरकारको अविस्मरणीय काम भएको बताए।
अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाई त्यसलाई संविधानमा समेट्दै नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाएको पनि बताए। पार्टीभित्रको आन्तरिक कलह र विवादका कारणले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न नसकेका कारण केपी ओली नेतृत्वको पछिल्लो सरकारबाट आफू त्यति सन्तुष्ट नभएको उनको भनाइ थियो।
उनले लोकतन्त्रको आवरणमा देश बिस्तारै सर्व सत्तावादतर्फ उन्मुख भएको बताए। उनले भने, ‘अहिले देश शंकटको भुमरिमा परेको छ, लोकतन्त्रको आवरणमा बिस्तारै देश सर्वसत्तावादतर्फ उन्मुख हुन लागिरहेको संकेत पाइन्छ।’ यसका लागि दलहरुले सहासिक निर्णय गर्नुपर्ने उनको भनाइ थियो।

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टी एकजुटको विकल्प नरहेको बताए। उनले कम्युनिष्ट एकताले मात्र देश र जनताको हित हुने बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *