प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो :बन्दसत्रमा ओलीले भने

 ग्लोबल टिभि      शनिबार, मंसिर ११, २०७८      0

चितवन ,मङ्सिर ११गते।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् ।

चितवनकाे सौराहस्थित होटल सेभेन स्टारमा जारी १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै अध्यक्ष ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताएका हुन् । राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए ।

शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको र यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने उनकाे भनाई छ । एमाले यस्तो वस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *