चितवन ,मङ्सिर १२ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । त्यसका लागि आफूले कमिटीको प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान नेताहरुलाई सुझाव दिएका छन् ।
शनिबार चितवनको सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले कमिटीहरुको नाम प्रस्ताव गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने प्रस्ताव राखेका थिए । त्यसपछि हलमा सहभागी अधिकांश प्रतिनिधिले समर्थन गरेपनि नेता भीम रावलले विरोध गरेका छन् ।
रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भन्दै पछि नहट्ने बताए । लगत्तै रावललाई जवाफ दिएका ओलीले सकेसम्म सहमति गर्नु राम्रो भएको बताए ।
‘सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ । कोही साथीहरु सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ,’ उनले भने, ‘भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने ? मनोनयन गर्नुभयो भने फिर्ता लिने नलिने गर्नुहोला ।’
Leave a Reply