एमाले महाधिवेशन : पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्दै ओली

 ग्लोबल टिभि           0

नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्र अन्तरगत आज बिहान १० बजे बस्ने सत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीकारीसहित केन्द्रीय सदस्यको नामावली प्रस्ताव गर्ने भएका छन् ।
हिजोको बन्दसत्रले पदाधिकारीसहित केन्द्रीय कमिटीका सदस्यहरुको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई दिएको थियो । सोही अनुसार आजको सत्रमा ओलीले प्रस्ताव गर्नेछन् । ओलीले प्रस्ताव गर्ने र सहमति नभएका पदमा भने निर्वाचन हुने नेताहरुले बताएका छन् ।

सौराहास्थित होटेल सेभेन स्टारमा भएको बन्दसत्रमा अध्यक्षमा उमेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावलले ओलीलाई दिएको अधिकारको विरोध गरेका थिए । उनले आफू अध्यक्षको उमेदवारीबाट पछि नहट्ने जिकिर गरेका थिए ।

नेताहरुले भने सर्वसम्मत हुने बताएका छन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सर्वसम्मत भएर आजै महाधिवेशन सकिँदैछ ।

तर, रावलले अध्यक्षमा नछोड्ने जिकिर गरेपछि अध्यक्ष पदमा भने निर्वाचन हुने सम्भावना रहेको नेताहरु बताउँछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *