ओलीसहित पाँच नेताले केन्द्रीय कमिटीको सूची तयार पार्दै

 ग्लोबल टिभि           0

नेकपा एमालेको १०औं महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै समापन हुने भएको छ ।

सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी ओली जुटेका छन् ।
अहिले ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालको छुट्टै बैठक बसेको छ ।

बैठकले पदाधिकारी तथा केन्द्रीय कमिटी सूची बनाउने भएको छ । सोही सूचीलाई अध्यक्ष ओलीले बन्दसत्र हलमा सार्वजनिक गर्ने तयारी छ ।

शीर्ष नेताको बैठकअघि अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीसँग छुट्टाछुट्टै भेटेका थिए । ओलीले नेताहरूको कुरा मात्र सुनेको तर कुनै प्रतिक्रिया नदिएको एक नेताले बताए । उपाध्यक्ष भीम रावलले भने अध्यक्षमा चुनाव लड्ने बताउँदै आएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *