पूर्वमाओवादी नेताहरुसँग ओलीले गरे छलफल

 ग्लोबल टिभि      आइतवार, मंसिर १२, २०७८      0

छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् । लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेतासँग छलफल गरेका हुन् ।

ओलीले नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरुका आकांक्षाबारे चासो राखेको स्रोत बताउँछ । ओलीले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयासस्वरुप बिहानैदेखि पार्टीका विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएका छन् ।

भेटमा पूर्व माओवादी नेताहरुले आफूहरु पनि सहमतिबाटै नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको ओलीलाई बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *