पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन जरुरी छ: प्रकाशमान सिंह

 ग्लोबल टिभि      आइतवार, मंसिर १२, २०७८      0

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताएकाछन् ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा नेता सिंहले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताए। उनले पार्टीलाई नियमसंगत ढंगले चलाउन नेतृत्व परिवर्तनको विकल्प नरेहको बताए ।

नेता सिंहले प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसभित्र भइरहेको कुसंस्कार चिर्न अबको नेतृत्वले काम गर्ने र पुरानोलाई हटाउनु पर्ने भन्दै नयाँ नेतृत्व चयनको लागि मत दिन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *