आफूलाई बदनाम गर्ने षड्यन्त्र भएको गुनासो :कोमल ओली

 ग्लोबल टिभि           0

सौराहा,मङ्सिर १३गते। नेकपा एमालेकी नेतृ एवं कलाकार कोमल वलीले आफ्नो हातमा पर्चा थमाएर आफूलाई बदनाम गर्ने षड्यन्त्र भएको गुनासो गरेको छिन्। अध्यक्षका प्रत्याशी भीमबहादुर रावलको प्रचारमा छापिएको पुस्तक समातेको तस्बिरसहित कोमल रावलको प्रचारमा हिँडेको चर्चा चलेको थियो।
आफू भीम रावलको चुनावी प्रचारमा हिँडेको चर्चा चलेपछि कोमलले खण्डन गरेकी हुन्। उनले आफू अध्यक्ष केपी शर्मा ओलीप्रति दृढ रहेको पनि बताएकी छन्। ‘मेरो आस्था र विश्वासका केन्द्र श्रद्धेय अध्यक्ष केपी ओलीज्यूप्रतिको दृढतालाई कुनै कुराले तोड्न सक्दैन,’ उनले भनेकी छन्।

वलीले फोहोरी खेल नखेल्न अनुरोध पनि गरेकी छन्। ‘हिँड्दा हिँड्दै पर्चा दिएर षडयन्त्रपूर्ण तरिकाले तस्बिर खिचेर मेरो विश्वास र आस्थामाथि खेल्न खोजेकोमा खेद व्यक्त गर्दछु,’ उनले भनेकी छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *