ओलीलाई दुर्गा प्रसाईंले भने, हजुरबा हेर्दिनु पर्‍यो

 ग्लोबल टिभि      सोमवार, मंसिर १३, २०७८      0

नेकपा (एमाले)का नेता दुर्गा प्रसाईंं उम्मेदवारी मनोनय दर्ता स्थलमा पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई आफूलाई पनि केन्द्रीय सदस्य बनाउन आग्रह गरेका छन् ।

अध्यक्षको पदमा ओलीले मनोनयन दर्ता गराएर बाहिर निस्किने क्रममा प्रसाईंले ‘हजुरबा’ भन्दै बोलाएका थिए । उनका समर्थकले पनि प्रसाईंलाई हेरिदिनु पर्‍यो हजुरबा भने । तर‚ ओलीले कुनै प्रतिक्रिया दिएनन् ।

ओली त्यहाँबाट निस्किएपछि प्रसाईंले सूर्य थापासँग आक्रोश पोख्दै भने सबै तपाईंहरु नै हुनुभयो । हाँक्नुस् पार्टी र देश । यसअघि कसरी हाँक्नुभएको थियो ।’

एमालेको केन्द्रीय सदस्यको सूचीमा नपरेका प्रसाईं आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै आएका थिए । तर अहिलेसम्म भने उम्मेदवारी दर्ता गराएका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *