ग्लोबल टिभि
0
नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका हुन् ।
पोखरेलद्वय अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र हुन्। ओलीले आइतबारको बन्द सत्रमा १९ पदाधिकारीमा अन्य पदमा उम्मेदवार परेको भए पनि वरिष्ठ उपाध्यक्ष र महासचिवमा कुनै उम्मेदवारी परेको छैन।
अध्यक्षमा ओलीसहित भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ। ओलीको सर्वसम्मत सूचीमा नअटेपछि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । कति जनाको मनोनयन पर्यो भन्ने निर्वाचन आयोगबाट आधिकारिक रुपमा आउन भने बाँकी छ।
Post Views: 926
Leave a Reply