एमालेको श्रमिक कोटाका ६ केन्द्रीय सदस्य निर्विरोध

 ग्लोबल टिभि      सोमवार, मंसिर १३, २०७८      0

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् ।
उनीहरुसहित ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली ओलीले आइतबार रातिको बन्दसत्रमा प्रस्ताव गरेका थिए । प्रस्तावमा कोही असन्तुष्ट भए निर्वाचनमा जान आग्रह गर्दै सोमबार बिहान मनोनयन दर्ताको समय दिइएको थियो । तर निर्धारित समय अवधिभित्र ट्रेड युनियनको कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनिहरु निर्विरोध भएका हुन् ।

एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् । अध्यक्षसहित अन्य पदहरुमा भने निर्वाचनको तयारी भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *