नवौँ महाधिवेशनको चरम गुटबन्दीको असर अहिले -घनश्याम भुसाल

 ग्लोबल टिभि           0

नेकपा एमाले उपाध्यक्षका उम्मेदवार घनश्याम भुसालले नवौँ महाधिवेशनमा पार्टीभित्र चरम गुटबन्दी बनाएको कारणले अहिलेको परिस्थिती देखिएको टिप्पणी गरेका छन् ।

उपाध्यक्षमा उम्मेदवार दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भुसालले भने, ‘नवौँ महाधिवेशनमा चरम गुटबन्दी बनायौँ त्यसको असर अहिले परेको हो ।

पार्टीमा पूर्व माओवादी र १० बुँदे भन्ने अहिले सकिसकेको बिषय भएको उनको भनाइ छ। पार्टी संस्थागत रुपमा चल्नुपर्ने बताउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो धेरै कुरामा असमझदारी हरेको बताए।

भुसालले भने, ‘पार्टीमा १० बुँदे र पूर्वमाओवादी भन्ने छैन। मैले एक्लै अहिलेसम्म ओली कमरेडसँग भेटेको छैन।

पार्टी संस्थागत रुपमा चल्छ म पार्टीको हरेक बैठकमा गएको छ। आम रुपमा भन्दा ओलीसँग मेरो धेरै कुरामा असहमति छ। नवौँ महाधिवेशनमा उहाँ अहिलेको कार्यदिशाका विपरित हुनुहुन्थ्यो। विधान महाधिवेशनपछि उहाँको पनि कार्यदिशा एकै ठाउँमा आएको छ।’

बन्दसत्रले ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिँदा पनि पार्टीलाई संस्थागत विधिगत रुपमा चलाउन नखोजेको भएर विरोध गरेको उनले बताए।

‘अस्ति ओलीलाई अधिकार दिँदा एमाले संस्थागत छैन। हरेक विद्रोह ठिक छैन भनेर हरेक कुरामा विरोध गर्न हुँदैन। त्यसमा असहमति हुनेले उम्मेदवारी दिन पाउनु सहमति बनेको थियो। हामीले केही गल्ती गरेको छौँ। त्यही कुरा अहिले देखिएको हो। जति धेरै लोकतान्त्रिक हुन्छ त्यति धेरै सुधार भएर जान्छ’ भुसालको भनाइ छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *