ग्लोबल टिभि
0
एमालेका नेता लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् ।
एमालेको १०औँ महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा नसमेटेर खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् ।
आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए ।
ओलीले जारी गरेको सूचीमा पदाधिकारीमा नपरेपछि पण्डितले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कार्यकारी भूमिकाबाट बिदा मागेका हुन् ।
नवौँ महाधिवेशनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट निर्वाचित भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए ।
Post Views: 1,110
Leave a Reply