एमाले महाधिवेशन- ७२ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने

 ग्लोबल टिभि      सोमवार, मंसिर १३, २०७८      0

नेकपा एमालेको महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ ।
मतदान गराउने जिम्मा पाएको रामलक्ष्णम इनोभेसन्सका रामप्रसाद रिमालले कतिपय नाममा सर्वसम्मत भएकाले ७२ मेसिनमात्र प्रयोग गर्न लागिएको बताए ।

ल्याइएका एक सय मेसिन मध्ये अहिले ७२ वटा प्रयोग गर्ने भएका छौं । निर्वाचनको लागि ६ घण्टाको समय पर्याप्त हुने उनले बताए ।
एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन् ।

नेकपा एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ । रिमालका अनुसार मतदान सम्पन्न भएको ३ घण्टामा मतपरिणाम आउनेछ ।

हामीले प्रत्येक मेसिनमा खसेको मतलाई राखेर एउटा टेबल बनाउँछौं र जोड्छौुं, रिमालले भने, यो प्रक्रिया सम्पन्न गर्न २ घण्टा लाग्छ । अन्य प्राविधिक काम सहित मंगलबार बिहान सबेरै मतपरिणाम आउने देखिन्छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *