कांग्रेसको ५२ जिल्लामा सभापति निर्वाचित, कस्को पक्षमा कुन जिल्ला (सूचीसहित)

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसले ५२ जिल्लामा जिल्ला अधिवेशन सकेको छ । दसैंअगाडि हिमाली जिल्लामा, मंसिर ६ गते एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा र मंसिर १० मा एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन भएको थियो।

५२ जिल्लामा अधिवेशन हुँदा सभापति देउवा र वरिष्ठ नेता पौडेल उस्तै उस्तै देखिएका छन्। सिटौला पक्षबाट भने झापामा एक सभापति मात्रै जितेका छन्।

देउवा र पौडेल पक्षले २५ / २५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन्। सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आ आफ्ना पक्षधरले जितेको दाबीसमेत गर्ने गरेका छन्।

प्रदेश नम्बर २ का ८ जिल्ला, रसुवा, धनकुटालगायत अब २५ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी नै छ ।मोरङमा भने दोस्रोपटक मतदान भएको छ । कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्ने व्यवस्था छ ।

सर्वसम्मत नभएका जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच कडा प्रतिस्पर्धा भएको छ।

काठमाडौंमा नेता प्रकाशमान सिंह -गगन थापानिकटले चुनाव जितेका छन् । यहाँ सभापति देउवा र पूर्वमहामन्त्री सिटौला पक्ष मिलेर चुनाव लडेका थिए । काभ्रेमा पनि देउवा सिटौला पक्ष मिलेको थियो ।

तर झापामा भने प्रवक्ता विश्वप्रकाश शर्मा र सिटौला पक्षबीच चुनाव हुँदा सिटौला पक्षका नेताले सभापति जितेका थिए ।

हेर्नुस् कुन जिल्लामा कुन पक्षले जिते जिल्ला सभापति

देउवा पक्षले जितेका जिल्ला र सभापति

लमजुङ टकराज गुरूङ,सल्यान केशवबहादुर विष्ट,डोल्पा दीपेन्द्रबहादुर शाही,डडेल्धुरा भीमबहादुर साउद म्याग्दी खमबहादुर गर्बुजा, ताप्लेजुङ गजेन्द्रप्रसाद तुम्याहाङ,मुगु ऐनबहादुर शाही,पाँचथर रूपनारायण जवेगू,मनाङ शंकर गुरूङ देउवा,हुम्ला मोहनविक्रम सिंह,बझाङ खड्क बोहरा,रामेछाप पूर्णबहादुर (कान्छाराम) तामाङ,जुम्ला कर्णबहादुर शाही,डोटी नरेन्द्रबहादुर सिंह,रूकुम पश्चिम प्रेमप्रकाश वली,ओखलढुंगा तेजेन्द्र खनाल,पर्वत युवराज जोशी,इलाम डम्बरबहादुर खड्का,सुर्खेत खड्ग पोखरेल,रूपन्देही रामकृष्ण खाण,कास्की किशोरदत्त बराल,काभ्रे तीर्थ लामा,तनहुँ जितप्रकाश आले,ललितपुर जितेन्द्रकुमार श्रेष्ठ,कञ्चनपुर पदम बोगटी छन् ।
वरिष्ठ नेता पौडेल पक्षले जितेका जिल्ला र सभापतिहरुमा

प्युठान विष्णुकुमार गिरी,अर्घाखाँची केशव श्रेष्ठ,रोल्पा किशोर आचार्य,बैतडी चतुरबहादुर चन्द,दोलखा बर्मा लामा,गोरखा नन्दप्रसाद न्यौपाने,कालिकोट अम्बबहादुर शाही,संखुवासभा दीपक खड्का,रूकुमपूर्व केशरमान रोका,मुस्ताङ रोमीगौचन थकाली,भोजपुर विनोद वान्तवा,बाजुरा रामसिंह रावल,तेह्रथुम अर्जुन तुम्बाहाम्फे,नवलपरासी पश्चिम अर्जुनकुमार पोखरेल,पाल्पा हिमालदत्त श्रेष्ठ,स्याङ्जा राजु थापा,खोटाङ विष्णुकुमार राई,दार्चुला ललितसिंह बोहरा,नुवाकोट रमेश महत,दाङ शंकरप्रसाद डाँगी,दैलेख मणिराम रेग्मी,गुल्मी खिलध्वज पन्थी,काठमाडौं कृष्णसबुज बानियाँ,धादिङ रामनाथ अधिकारी,सुनसरी केदार भण्डारी देखिन्छन् ।
पूर्वमहामन्त्री सिटौला पक्षले जितेका जिल्लामा भने झापा, सभापति देउमान थेवे मात्र देखिएका छन् भने जाजरकोट, सभापति बेदराज सिंह पक्ष नखुलेको देखिन्छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *