जिल्लाको सभापतिमा देउवा र पौडेल पक्ष बराबरी:काङ्ग्रेस महाधिवेशन

 ग्लोबल टिभि      सोमवार, मंसिर १३, २०७८      0

काठमाडौं,मङ्सिर१३गते । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरू भइरहेका छन् । कांग्रेसले मंसिर १० भित्र सबै जिल्लाको अधिवेशन सक्ने भने पनि विविध कारणले केही जिल्लाका अधिवेशन हुन सकेको थिएन । अझै पनि तराईका ८ जिल्लासहित २५ जिल्लामा अधिवेशनको हुन सकेको छैन ।

हालसम्म ७७ मध्ये ५२ जिल्लाको परिणाम आएको छ । जसमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारले बराबरी हैसियतमा २५–२५ जिल्लामा सभापति जितेका छन् । २ जना भने कतै खुलेका छैनन् । झापाका सभापति देउमान थेवे र जाजरकोटका सभापति बेदराज सिंह कतै खुलेका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *