ग्लोबल टिभि
0
चितवन ,मङ्सिर १३गते।अध्यक्ष पदमा उम्मेदवारी दिएका एमाले उपाध्यक्ष भीम रावललाई प्रतिनिधिहरूले चुनावमा हारे पनि पार्टी नछाड्न आग्रह गरेका छन्।
चितवनको सौराहमा जारी एमालेको १० औं महाधिवेशनमा आफ्नो लागि भोट माग्दै हिँडेका रावललाई सोमबार प्रतिनिधिले सो सुझाव दिएका हुन्।
प्रतिनिधिले रावललाई भने, ‘हारे पनि पार्टी नछोड्नुस्। पार्टी हाँक्न हिम्मत गरेको मानिसले पार्टी छोड्दैन।’
उनले त्यसको जवाफमा आफूले पार्टीलाई विधि पद्दति अनुसार चलाउन अझै सक्रिय हुने बताएका थिए।
पार्टीका अध्यक्षका अर्का उम्मेदवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसम्मत रूपमै आफू अध्यक्ष हुन खोजेका थिए। तर रावलले अध्यक्ष पदको लागि उम्मेदवारी दिएपछि चुनावमा गएको हो।
सौराहामा सोमबार राति ९ बजेदेखि चुनाव सुरू हुँदैछ।
Post Views: 1,081
Leave a Reply