कुन्मिङ फर्कीयो चिनियाँ टोली

 ग्लोबल टिभि           0

नेकपा विभाजनपछिको अवस्था बुझ्न काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको विशेष प्रतिनिधिमण्डल फर्केको छ ।
विदेश विभागका उपमन्त्री नेतृत्वको टोली हिमालयन एयरलाइन्सको ९–४० को उडानमा आज बिहान कुन्मिङ प्रस्थान गरेको हो ।

उक्त टोलीलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेट गरेको थियो । नेकपामा विवाद बढेको बेला चिनियाँ टोली नेपाल आउनुलाई अर्थपूर्ण ढंगमा हेरिएको छ ।

टोली बेइजिङबाट चार्टर्ड उडानमा आएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *