बार्बाडोस बन्यो कान्छो गणतान्त्रिक मुलुक

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १४, २०७८      0

बेलायती महारानी एलिजावेथलाई राष्ट्रप्रमुख बाट हटाएसंगै क्यारेबियन टापु मुलुक बार्बाडोस संसारको कान्छो गणतान्त्रिक मुलुक बनेको छ ।

क्यारिबियाली देश बार्बेडोस लगभग ४०० वर्षसम्म बेलायतको उपनिवेश रहेकोमा मंगलवारबाट स्वतन्त्र भएको छ ।

कुनैबेला बेलायतको उपनिवेश रहेको बार्बाडोसले अहिलेसम्म बेलायती महारानी एलिजावेथलाई राष्ट्रप्रमुख मान्दै आएको थियो ।

गत अक्टोबरमा बार्बाडोसले ७२ वर्षीया डाम सान्द्रा मासोनलाई राष्ट्रपति निर्वाचित गरेको थियो ।
बेलायतबाट स्वतन्त्र भएको ५५ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार राजधानी ब्रिजटाउनमा मासोनले राष्ट्रपतिको सपथ लिएसँगै बेलायती महारानी बार्बाडोसको राष्ट्रप्रमुखबाट हटेकी छन् ।
अहिले पनि क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्यु गिनी, जमैकालगायत मुलुकले बेलायती महारानीलाई आफ्नो देशको राष्ट्रप्रमुख मान्ने गरेका छन् ।
मासोनको सपथग्रहणमा बेलायती युवराज चार्ल्स सहभागी थिए  उनले  संवैधानिक व्यवस्थामा परिवर्तन भए पनि आपसी बेलायत र बार्बाडोसबीचको सहकार्य जारी रहने बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *