राप्रपा महाधिवेशन- डा.लोहनीद्वारा लिङ्देनलाई समर्थनको घोषणा

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १४, २०७८      0

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आगामी नेतृत्वमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा हुन् । पत्रकार सम्मेलनमा उनले विज्ञप्ति बाचन गर्दै पार्टीका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई पनि लोहनीलाई अबको नेतृत्वमा स्वीकार्दै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

उनले आफू सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको र त्यसमा पनि युवालाई नेतृत्व दिनु देश र पार्टीकै हितमा हुने धारणा राखे ।

उनले संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति राप्रपा प्रतिबद्ध रहेको बताए । ‘राप्रपाका कार्यकर्ताहरु देशभक्त छन् र सबै नेपालीको समृद्धिको लागि प्रतिबद्ध छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *