अध्यक्ष निर्वाचित नभए पार्टीका कुनै पनि कमिटीमा नबस्ने -भीम रावल

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १४, २०७८      0

नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन् ।

निवर्तमान उपाध्यक्ष समेत रहेका रावलले आफू त्यो पदमा विजयी नभए स्वत पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका हुन्।

मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा सपथ लिन नसक्ने पनि स्पष्ट पारे।

अध्यक्षका उम्मेदवार रावलले भने,‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन र अध्यक्ष पदमा विजय भए सपथ लिन्छु। अरूमा त मैले भेरेकै छैन भन्ने कुरा मेरो यथावत छ। अब प्रतिनिधिहरूले मत दिएनन् भने त कमिटी बाहिर बस्ने हो उनले भने ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *