एमाले महाधिवेशन- मतगणनाको प्रारम्भिक नतिजाः ओली ४००, रावल ४२

 ग्लोबल टिभि           0

एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

अध्यक्षमा केपी शर्मा ओलीले ४०० मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ४२ मत पाएका छन् ।

विद्युतीय मेसिनबाट भएको चुनावको नतिजा केहीबेरमै सार्वजनिक हुने नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।

मतदानमा २ हजार ९६ जनाले मतदान गरेका थिए । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जना सहभागि भएनन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *