एमालेमा केपी शर्मा ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित, घोषणा हुन भने बाँकी

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १४, २०७८      0

चितवनको सौराहामा सम्पन्न पार्टीको १०औं राष्ट्रिय महाधिशनबाट नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।

महाधिशनमा अध्यक्ष पदका अर्का प्रत्यासी भीम रावललाई भारी मतले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

अध्यक्ष अ‍ोलीले एक हजार ८ सय ८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रावलले २ सय १३ मत प्राप्त गरेका छन् ।
आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ । मंगलबार विहान ४ बजेदेखि विहान ११ बजेसम्म भएको मतदानमा दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो ।

विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।

मंसिर १० गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै विधान नै संसोधन गरेको थियो। संसोधित विधान अनुसार केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाइएको छ।

तर अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्य पदमा सर्वसम्मत नभएपछि मतदान गरिएको हो।

यस्तै, नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक चितवनको सौराहामै हुने भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *