सभापति देउवाले नेपाली कांग्रेसको प्रदेश अधिवेशन भर्चूअल माद्यमवाट सम्वोधन गर्ने

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका अन्तर्गत मंसिर १६ गते हुने प्रदेश अधिवेशनलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले भर्चूअल माद्यमवाट उद्घाटन गर्ने भएका छन् ।

उद्घाटनलाई कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनमा प्रदेशका जिल्लाहरुवाट संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष, संघीय महाअधिवेशन प्रतिनिधि, प्रदेश निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष, प्रदेश अधिवेशन प्रतिनिधिहरू, प्रदेशका केन्द्रीय सदस्यहरू र भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

नयाँ कार्यतालिका अनुसार कांग्रेसको १४ औं महाधिवेशनका लागि मंसिर २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते विहान ८ बजे मतदान हुनेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *