एमाले महाधिवेशन -लालबाबु पण्डितसहित ५७ जनाले गरेनन मतदान

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १४, २०७८      0

नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको निर्वाचनमा ५७ जनाले मतदान गरेनन ।

कुल २ हजार १५३ मतदातामध्ये २ हजार ९६ मत खसेको १०औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले वताए ।
मतदानमा लालबाबु पण्डितसहित ५७ जनाले भाग नलिएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीका आकांक्षी पण्डित सूचीमा नपरेपछि केन्द्रीय सदस्यको मनोननयसमेत नगरी महाधिवेशन स्थल छाडेका थिए ।

निर्वाचन समितिले मतदान नगर्नेको सूची मतगनणालगत्तै सार्वजनिक गर्ने बताएको छ । एमाले नेताहरुले मतदान नगर्नेको सूची खोजिरहेका छन ।

महाधिवेशन स्थल सेभेट स्टारमा रहेका एमाले महाधिवेशन प्रतिनिधिहरुले मतदान नगर्नेको नाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरिरहेका छन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *