ग्लोबल टिभि
0
नेकपा एमालेको महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अनौपचारिक मतपरिणाम सार्वजनिक भएपछि भुसालले आफूले मतपरिणामो स्वागत गर्ने बताए।
‘म अहिले धेरै बोल्दिनँ, मत परिणामको स्वागत गर्छु, भुसालले भने।अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।
मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएका छन्।
Post Views: 1,435
Leave a Reply