महाधिवेशन निर्वाचनमा अध्यक्षमा जितेका ओलीले के पार्टी एक ढिक्का बनाएर अगाडि बढ्लान?

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १४, २०७८      0

मङ्सिर १४गते।

चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनमा धेरै दिनदेखि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफलताको परिणाम स्वरुप मङ्गलबार बिहान महाधिवेशन स्थल चितवनमा निर्वाचन सम्पन्न भयो ।
महाधिवेशनमा निर्वाचनको मत परिणाम अनुरुप नेकपा एमालेका पूर्वप्रधानमन्त्री र पार्टीका भूपू अध्यक्ष केपी शर्मा ओली चार वर्षे कार्यकालका लागि फेरि निर्वाचित भएका हुन्  ।
निर्वाचनको विजय संगै नेता केपी ओलीलाई नेता भीम रावल नै तगारो बन्ने देखिन्छ । पार्टीको पदाधिकारी भन्दा बाहिर बसेर पार्टीलाई कति सहयोग गर्ने भन्ने महत्त्वपूर्ण कुरा रहने छ । रावल कमिटी बाहिर बस्ने त करिब निश्चित जस्तै छ । यो त नेता रावलले चुनाव अघि सर्वसम्मत केन्द्रिय सदस्य स्वीकार न गर्नुले पनि पार्टीभित्र पनि प्रतिपक्ष जस्तो भुमिकामा रहने आकलन गरिएको छ ।

यदि यसो हो भने जीतको खुसीयाली नसकिँदै पार्टीमा फेरि तिक्तता र विचलन आउन नसक्ला भन्न सकिँदैन ।
आउँदो चुनावमा समेत पार्टी अध्यक्ष केपी ओलीकै लागि पनि नेता रावल नै बाधक बन्न सक्ने सम्भावना पनि उत्तिकै छ र पार्टी हाक्नु समेत ओलीको लागि चुनौती पूर्ण समय हुन सक्छ ।

लामो समयदेखि खरो रुपमा आफ्नो विचार , अभिव्यक्ति दिइरहेका भीम रावलले कुनै पनि हालतमा ओलीको प्रस्ताव स्वीकार नगरे पश्चात् सर्वसम्मत नेतृत्व चयन गर्ने योजाना बनाएका ओलीप्रति चुनौती र निर्वाचन गर्नु पर्ने नैतिक सङ्कट थपिएको थियो ।
त्यसपछी पार्टी निर्वाचनमा केन्द्रित भयो ।
नेकपा एमाले पार्टीमा मात्र ओली नाम लोकप्रिय होइन , केही समय जनताको बीचमा समेत लोकप्रियताको छवि बनाएका  पनि उनै ओली हुन् ।

उसो त यति लोकप्रियता कमाइ सकेका र पटक -पटक देशको प्रधानमन्त्री समेत भैसकेका साथै पार्टीमा समेत कब्जा जमाइ रहेको यथार्थता पनि छदैछ ।
यति हुँदा -हुँदै पनि किन रावल आफ्नै पार्टी अध्यक्षको प्रत्यासी उमेदवारको रुपमा अध्यक्षको दावी गरे?
नेता रावललाई थाहा पनि थियो । चुनावी मैदानमा उनको जीत सम्भावना छैन , तैपनि उनी निडर र विजय गर्ने दुस्साहसका साथ उनी चुनावी मैदानमा उत्रिनु एक हिसाबले आफैंलाई जटिलता र पार्टीको गुडको उत्थान गर्ने र त्यसले भविष्यमा पार्टीलाई समेत गुड र उपगुडतिर धकेल्ने निश्चित छ ।
उक्त महाधिवेशनको निर्वाचनमा भीम रावलले हारे । केपी ओलीले विजय प्राप्त गरे तैपनि उनी अध्यक्ष हारे जसरी निराश देखिन्नन । पहिलो विषय त्यति शक्तिशाली पार्टीमा आफूले भनेको निर्वाचन गराएर छोडनु नै शायद रावलको नैतिक रुपमा जीत हो ।
१०औं महाधिवेशनमा खसेको कुल २०९६ मत मध्ये केपी ओलीले कुल १९००मत प्राप्त गरेर विजय प्राप्त गर्दा नेता रावलले १९६ मत प्राप्त गर्नु भनेको कुल मतको प्रतिशतको हिसाबले ९.३५जति हो ।
नेकपा एमालेको महाधिवेशनमा २हजार १सय ५३ प्रतिनिधि मध्ये कम्तीमा १सय ९६जना प्रतिनिधि रावलको पक्षमा हुनु नै रावलको नैतिक रुपमा जित हो ।
रावल बास्तवमा एउटा यस्तो चुनौतीको घडीमा चुनाव लडे । जसले नैतिक विजय मात्र गरेनन् ,अबको पार्टीको भावी रणनीतिलाई योजनाबद्ध रुपमा पार्टी हाक्ने र भावी अध्यक्ष बन्ने योजनामा रावल लागेका देखिन्छन्  भन्ने प्रष्ट देखिएको छ । यसरी १०औं महाधिवेशन पार्टीको लागि कति फलदायी बन्यो ,त्यो त समयले पक्कै बताउँछ ।यो महाधिवेशन भने ओलीको जीत र रावलको नैतिक जीत हो जस्तो बन्न  पुग्यो । त्यसको बाबजुद पनि  १०औं महाधिवेशन सफलतापूर्वक सम्पन्न  भएको छ ।

लेखक : रोशन वली

लेखक :रोशन वली

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *