ओली पक्षको कार्यकर्ता भेला

 ग्लोबल टिभि      बुधबार, पुस १५, २०७७      0

नेकपाको केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला सुरु भएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला सुरु भएको हो ।

नेकपाका दुई समूहले छुट्टा–छुट्टै कार्यक्रम गर्दै आइरहेको छ । प्रचण्ड–नेपाल समूहले भने आज दोस्रो चरणको संघर्षका कार्यक्रम गरेको हो।

प्रधानमन्त्री ओली दिउँसो ३ बजे बबरमहलस्थित ब्यांकेट पुगेर सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका  हुन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेकपामा विभाजन आएको थियो। प्रधानमन्त्री ओलीले आफू पक्षीय नेता कार्यकर्तालाई बालुवाटारमै डाक्ने गरेका थिए।

पुस ६ गते उनले बालुवाटारमा दुबै सदनका सांसदहरूसँग छलफल गरेका थिए भने ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमै बसेको थियो।

Image may contain: 3 people, hat

Image may contain: one or more people, people standing, people dancing, people walking and outdoor

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *