कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

सर्लाहीको चार निर्वाचन क्षेत्रको आठ प्रदेशसभा अधिवेशन वाहेक सवै निर्वाचन सम्पन्न भएको कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले वताए । देशभर १६५ निर्वाचन क्षेत्रको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।

कांग्रेस क्रियाशील सदस्यको विवादका कारण सर्लाही र रसुवाको वडा अधिवेशन ढिला गरी सुरु भएको थियो ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

कांग्रेसको आगामी मङ्सिर १७ र १८ गते एकैसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *