एकीकृत समाजवादी बाँकेको अध्यक्षमा इन्द्रबहादुर थापा

 ग्लोबल टिभि           0

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाँकेको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन् । मंगलबारको समाजवादीको भेलाले थापाको अध्यक्षतामा जिल्ला कमिटिलाई पूर्णता दिएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं बाँकेका इन्चार्जसमेत रहेका नेता अशोक कोइरालाको अध्यक्षतामा भएको भेलाले थापाको नेतृत्वमा ३ सय ३ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।

जिल्ला कमिटिको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्र प्रसाद देवकोटा, सचिव दिपक जीएम, सहसचिव किशोर थापा, भगवति अधिकारी, कप्तान पाठक चयन भएका छन् ।

पदाधिकारी तथा सदस्यहरुलाई समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले शपथ गराएका थिए । कार्यक्रममा बोल्दै नेता सुनारले जिल्ला कमिटिलाई जिल्लामा पार्टीलाई बलियो बनाउन लागिपर्नका लागि आग्रह गरे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *