राजा महेन्द्रले गरेको परिवर्तन बाहेक सबै परिवर्तन बाह्य हस्तक्षेपको अवाञ्छित परिणाम -सीपी मैनाली

 ग्लोबल टिभि      बुधबार, मंसिर १५, २०७८      0

नेकपा मालेका महासचिव सीपी मैनालीले नेपालको राजनीतिक इतिहासमा भएका चार वटा राजनीतिक परिवर्तनमध्ये राजा महेन्द्रले गरेको परिवर्तन बाहेक अरु सबै परिवर्तन बाह्य हस्तक्षेपको अवाञ्छित परिणाम रहेको दाबी गरेका छन् ।
राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनलेराजा महेन्द्र ‘राष्ट्रवादी’ रहेको बताउँदै राजा महेन्द्रको खुलेर प्रशंसा गरेका हुन् ।

राजा महेन्द्रले दिल्ली हस्तक्षेपबाट भएका परिवर्तनलाई खारेज गरिदिएको उनको भनाइ थियो । ‘सिंगो नेपाल भारतमा गाभिएको सिक्किमजस्तो हुनबाट रोक्न पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने त्यो राजा महेन्द्रले नै हो,’ उनले भने, ।

मैनालीले नेपालमा विदेशी हस्तक्षेप समेत बढेको बताएका छन् । विदेशी हस्तक्षेपकै कारण अहिले देश संकटमा गएको उनको दाबी छ । प्रचण्डले नेतृत्व गरेर २०६३ सालमा ल्याएको परिवर्तनमा समेत बाह्य हस्तक्षेप बढेको उनले जिकिर गरे ।
जनगणतन्त्र ल्याउन नसकेको प्रचण्ड र बाबुरामहरूले अहिलेसम्म आत्मालोचना समेत गर्न नसकेको आरोप लगाए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *