राष्ट्रियताको विषयमा राप्रपाको अडान जायज-माधव नेपाल

देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसके राजनीतिक दलहरू सकिन्छन्

 ग्लोबल टिभि      बुधबार, मंसिर १५, २०७८      0

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताएका छन् ।

भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राष्ट्रियताको विषयमा राप्रपाको अडान एकदमै जायज रहेको वताए ।

कुनै पनि व्यक्तिले एकपाखे बन्न नहुने भन्दै उनले राष्ट्रियताका विषयमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । नेपाली राजनीतिमा तीनवटा ब्राण्ड रहेको भन्दै नेपालले बाह्य हस्तक्षेपलाई हटाएर देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने दलहरू सकिने बताएका हुन् ।

आफूहरु परिवर्तनकामी रहेको भन्दै उनले हरेक क्रान्ति आन्तरिक कारण रहने गरेको बताए ।
राज्यका विभिन्न अंगमा विदेशीले हात हाल्न खोजिरहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले जनताको चाहना र भावनालाई कदर गर्दै राष्ट्रियताप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।

नेपाल हिन्दु र बौद्धधर्मको उद्गमथलो रहेको भन्दै उनले अहिलेसम्म नभएको जाति द्वन्द्व निम्त्याउन दिन नहुनेमा पनि जोड दिए । उनले भने, राप्रपाको पनि तीनजना अध्यक्ष हुनुहुन्छ । हाम्रोमा पनि थियो दुईवटा अध्यक्ष । जहाँ बढी अध्यक्ष हुन्छन्, त्यहाँ समस्या हुन्छ । तपाईंभित्र पनि समस्या छ । त्यो समस्याको समाधान गरेर अघि बढ्नुहोला ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *