देउवा निकट श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित

 ग्लोबल टिभि      बुधबार, मंसिर १५, २०७८      0

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकको संघीय निर्वाचन क्षेत्र नम्बर एकको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हिमालकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठ जनजाती तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
पूर्व मन्त्री मोहनबहादुर बस्नेतको साथ रहेका श्रेष्ठ शेरबहादुर देउवा निकट नेता हुन् ।

सिन्धुपाल्चोक जुगलगाउँपालिकाबाट राजनीति सुरु गरेका श्रेष्ठले महाधिवेशन केन्द्रीय प्रतिनिधिमा ४ सय ७७ मत ल्याएर निर्वाचित भएका हुन् ।

राजनीतिका अलावा समाज सेवामा सक्रियछन् । उनले यसअघि क्षेत्र नम्बर एकको क्षेत्रिय कोषध्यक्षको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसकेका छन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *